पाकिस्तानसँग हारेपछि पत्रकारसँग भड्किए विराट कोहली (भिडियो)

टी–२० विश्वकपमा भारतले पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोर्यो । विश्वकपका पाकिस्तानले भारतलाई हराएको यो पहिलो चोटी थियो ।

खेलपछिको प्रेस कन्फ्रेन्समा एक पत्रकारले भारतीय टोलीको प्लेइङ–११ मा प्रश्न उठाएपछि कोहली भड्किएका थिए ।

पत्रकारले सोधेका थिए, ‘भारतीय टोलीको छनोटमा विभिन्न प्रश्नहरु उठेका छन् । इसान किसनलाई रोहित शर्माको स्थानमा राख्न सकिन्थ्यो ?’

विराटले रिसाउँदै भने, ‘यो बहादुरीपूर्ण प्रश्न हो । म आफ्नो उत्कृष्ट टोलीसँग खेल्दैछु । टी–२० मा रोशित शर्मालाई ड्रप गर्न मिल्दैन । के तपाईलाई थाहाँ छ, उनले अन्तिम खेलमा के गरे? यदि तपाईलाई कुनै विवाद चाहियो भने मलाई सिधैँ भन्न सक्नुहुन्छ । म उस्तै जवाफ पनि दिनेछु ।’

https://twitter.com/ICC/status/1452448689977446401

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest