आइपीएलमा अब १० टोली, यी हुन् थपिएका दुई टोली

इन्डियन प्रिमियर लिग(आइपीएल)मा अब १० टोली भिड्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अहमदाबाद र लखनउलाई दुई नयाँ टोलीका रुपमा आइपीएलमा समावेश गरेको हो ।

२०११ मा पनि पहिलोचोटी आइपीएलमा १० टोलीलाई समावेश गरिकएको थियो । त्यसपछि भने ८ टोलीमात्रै आइपीएलमा भिड्दै आएका छन् ।

सीवीसी क्यापिटल पार्टनर ग्रुप नामक कम्पनी अहमदाबाद र आरपीएसजी ग्रुप लखनउ टोलीका मालिक हुन् । त्यसबाहेक आइपीएलमा चेन्नाई, मुम्बई, हैदराबाद, बैंगलोर, कोलकाता, पंजाब, राजस्थान र दिल्ली पहिलेबाट नै समावेश छन् ।

यस्तै २०२२ मा आइपीएलको मेगा अक्सन हुने भएको छ । यस अक्सनमा आइपीएलका टोलीले केबल ३ खेलाडीमात्रै रिटेन गर्न पाउनेछन् । यस्तोमा सबै टोलीमा धेरै बदलाव देख्न पाइनेछ ।

अघिल्लो साता सम्पन्न आइपीएल २०२१ को उपाधि चेन्नाईले जितेको थियो । कोलकत्तालाई हराउँदै चेन्नाईले कुल चौथोपटक आइपीएल उपाधि जितेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest