पाकिस्तानसँग हारेपछि विराट कोहलीको नाममा बन्यो सबैभन्दा खराब रेकर्ड

विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले पाकिस्तानविरुद्ध आइतबार टी २० विश्वकपमा १० विकेटको लज्जास्पद हार ब्यहोर्यो । यो भारत विश्वकपमा पहिलो पटक हारेको घटना हो ।

उक्त हारसँगै भारतकीय कप्तान विराट कोहलीको नाम पनि एक खराब रेकर्ड बनेको छ । २९ वर्षमा पहिलोचोटी भारतले पाकिस्तानविरुद्ध कुनै विश्वकपको खेल हारेको थियो ।

महेन्द्रसिंह धोनी, सौरभ गंगालु र मोहम्मद अजरुद्दिनको कप्तानीमा कहिले भारतलाई पाकिस्तानले हराउँन सकेको थिएन । विराट पहिलो त्यस्तो कप्तान बने जसले पाकिस्तानविरुद्ध हार ब्यहोरे ।

पाकिस्तान र भारतबीच हालसम्म ६ टी-२० खेल हुँदा ५ खेल भारतले जितेको थियो । आइतबार भने पाकिस्तानले आफ्नो पक्षमा नतिजा पार्यो । वानडे विश्वकपमा पाकिस्तानसँग खेलेका ७ खेलमा भने भारत ७ वटैमा विजयी भएको छ ।

पाकिस्तानको सानदार जित
भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विना विकेटको क्षतिमा १३ बल बाँकी रहँदै पुरा गरेको थियो ।

पाकिस्तानका ओपनरद्वय मोहम्मद रिजवानले ७८ र बाबर आजामले ६८ रनको नटआउट इनिङ्स खेल्दै पाकिस्तानलाई जित दिलाए ।

रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै आजामले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको हो ।

भारतका लागि कप्तान कोहलीले ५७ रनको पारी खेले । उनले ५० बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

त्यसबाहेक भारतका ऋषभ पन्तले ३९ रन जोडे । ३० बलमामा उनले २ चौका र २ छक्का प्रहार गरे ।

पहिलो ओभरमा नै पाकिस्तानका साहिन शाह अफ्रिदीले भारतका रोहित शर्मालाई शुन्य रनमा एलबीडब्लुको सिकार पारे ।

यस्तै आफ्नो दोस्रो ओभरको पहिलो बलमा अफ्रिदीले नै केएल राहुललाई बोल्ड पारे । राहुलले ८ बलमा ३ रनमात्रै जोड्नसके ।

त्यसपछि क्रिजमा आएका सुर्यकुमार यादवलाई छैटौं ओभरको चौथो बलमा हसन अलिले विकेटकिपर मोहम्मद रिजवानको हातबाट क्याच गराए । यादवले ८ बलमा एक चौका र एक छक्कासहित ११ रन जोडे ।

त्यसपछि क्रिजमा आएका ऋषभ पन्तले आक्रामक पारी खेलेपछि भारतले स्कोर अघि बढाएको थियो । १३ औं ओभरमा सादाव खानले पन्तलाई क्याच एण्ड बोल्ड पारेपछि फेरि भारतको रनगती रोकियो ।

अर्को एन्डमा सम्हालिएर खेलेका विराट कोहलीले १८ औं ओभरको पहिलो बलमा दुई रन लिदै अर्धशतक पूरा गरे । उनले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन ।

१९ औं ओभरको चौथो बलमा अफ्रिदीले नै कोहलीलाई विकेटकिपर रिजवानको हातबाट क्याच गराए । कोहलीले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै हसन अलीले २ तथा सादव खान र हरिस राउफले १–१ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest