आइपीएलमा दुई टोली थप्दै बीसीसीआईले गर्‍यो अविश्वसनीय कमाई

इन्डियन प्रिमियर लिग(आइपीएल)मा अब १० टोली भिड्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले अहमदाबाद र लखनउलाई दुई नयाँ टोलीका रुपमा आइपीएलमा समावेश गरेको हो ।

दुई टोली टोली समावेश गरेको सट्टा बीसीसीआईले १८ हजार करोड(१२ हजार करोड भारतीय) रुपैयाँ कमाएको छ ।

लखनउ टोलीलाई सन्जिव गोयनका ग्रुपले किनेको हो । उसले ७ हजार करोड रुपैयाँको बोली लगाउँदै लखनउ टोलीको स्वामित्व लिएको हो । यही समूहले पहिले राइजिङ पुणे जाइट्स टोली पनि किनेको थियो ।

यस्तै अहमदाबाट टोलीलाई सीवीसी क्यापिटल पार्टनर ग्रुपले आफ्नो नाममा पार्‍यो । टोलीले ५६ सय करोड भारतीय रुपैयाँको बोली लगाउँदै टोलीलाई खरिद गरेको हो ।

बीसीसीआईले सुरुमा ७ देखि १० हजार करोडसम्म आम्दानी हुने अनुमान लगाएको थियो । तर सञ्जिव गोयनका ग्रुपले अविश्वसनीय बोली लगाएपछि उक्त रकम बीसीसीआईले कमाएको हो ।

२०११ मा पनि पहिलोचोटी आइपीएलमा १० टोलीलाई समावेश गरिकएको थियो । त्यसपछि भने ८ टोलीमात्रै आइपीएलमा भिड्दै आएका छन् । आइपीएलमा अहिले चेन्नाई, मुम्बई, हैदराबाद, बैंगलोर, कोलकाता, पंजाब, राजस्थान र दिल्ली पहिलेबाट नै समावेश छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest