अफगानिस्तानको फराकिलो जित, रेहमान र रासिदको घातक बलिङ

टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डमाथि १३० रनको फराकिलो जित हात पारेको छ ।

अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभरमा ६० रनमै अलआउट भएको थियो ।

स्कटल्याण्डका जर्ज मुन्सेले सर्वाधिक २५ रन जोडे । १८ बलमा उनले २ चौका र २ छक्का प्रहार गरे ।

यस्तै काइल कोट्जेले १० तथा क्रिज ग्रिभ्सले १२ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन ।

स्कटल्याण्डका ५ खेलाडीले खाता नै खोल्न सकेनन् । अफगानिस्तानका मुजिब उर रेहमनले ५ विकेट लिएपनि स्कटल्याण्ड धरासायी बनेको हो ।

रेहमनले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । यस्तै रासिद खानले २.३ ओभरमा ९ रनमात्रै खर्चेर ४ विकेट लिए भने नविन उल हकले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो ।

अफगानिस्तानका नाजीबुल्लाह जार्दनले सर्वाधिक ५० रन जोडे । उनले ३४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै ओपनर हर्जतुल्लाह जजईले ४४ र रेहमुल्लाह गुर्बाजले ४६ रन थपे । गुर्बाजले ३७ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

स्कटल्याण्डका सफयन सारिफले २ तथा जोस डाभे र मार्क वाटले १–१ विकेट हात पारे ।

योसँगै समूह बी मा अफगानिस्तान २ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि भारतलाई हराएको पाकिस्तान रनरेटका आधारमा दोस्रो स्थानमा छ । पराजित स्कटल्याण्डभने चौथो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest