टी-२० विश्वकपमा आज दुई ठूला खेलहरु

आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई ठूला खेलहरु हुँदैछन् ।

दुबईमा हुने पहिलो खेलमा दक्षिण अफ्रीका र साविक विजेता वेस्ट इन्डिज भिड्दैछन् । उक्त खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यसअघी दुवै टोलीले आआफ्नो पहिलो खेलमा हार बेहोरेका थिए । दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । यस्तै वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा भारतलाई १० विकेटले हराउँदै सनसनी मच्चाएको पाकिस्तानले न्युजिल्याण्डको सामाना गर्नेछ ।

सारजाहमा उक्त खेल राति ७:४५ बजे सुरु हुनेछ । न्यूजिल्याण्डको भने यो पहिलो खेल हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest