विश्वकपमा साविक विजेता वेष्ट इण्डिजको लगातार दोस्रो हार

टी-२० विश्वकपमा साविक विजेता वेष्ट इन्डिजले लगातार दोस्रो हार ब्यहोरेको छ ।

दुबईमा मंगलबार भएको खेलमा वेस्ट इन्डिजलाई दक्षिण अफ्रिकाले ८ विकेटले पराजित गरेको हो ।

दोस्रो खेल खेलको दक्षिण अफ्रिकाको यो पहिलो जित हो । दोस्रो खेल खेलको वेष्ट इण्डिजले यसअघि इंग्ल्याण्डसँग हार ब्यहोरेको थियो ।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रीकाले १८.२ ओभरमा २ विकेट मात्रै गुमाएर भेट्टाएको थियो ।

दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले । २६ बलमा उनले २ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै रस्सी भान डेर डुसेनले अविजित ४३ रन र रिजा हेन्ड्रिक्सले ३९ रन थपे । वेस्ट इन्डिजकका अकिल होसेनले १ विकेट लिए ।

यसअघि वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका इभिन लेविसले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि जितका लागि त्यो पर्याप्त भएन । उनले ३५ बलमा चौका र ६ छक्का प्रहार गरे ।

त्यसबाहेक केइरन पोलार्डले २६, लेन्डल सिमोन्सले १६ तथा क्रिस गेल र निकोलस पुरनले १२/१२ रन थपे ।

दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ तथा केशव महाराजले २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest