विश्वकपमा आज इंग्ल्याण्डले बंगलादेशको सामना गर्दै

आईसीसी टी-२० विश्वकपमा आज पहिलो खेलमा उपाधि दाबेदार मानिएको इंग्ल्यान्डले बंगलादेशको सामना गर्दैछ ।

आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा वेस्टइण्डिजलाई ६ विकेटले पराजित गरेको इंग्ल्याण्ड आज दोस्रो जितको खोजमा हुनेछ ।

यसअघि श्रीलंकासँग ५ विकेटको हार ब्यहोरेको बंगलादेश पनि इंग्ल्याण्डलाई स्तब्ध पार्ने योजनामा हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा नामिबिया र स्कटल्याण्ड राति ७:४५ बजे खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest