टी-२० विश्वकप: बंगलादेशमाथि इंग्ल्याण्डको सहज जित

टी-२० विश्वकप अन्तर्गत बुधबार भएको खेलमा इंग्ल्याण्डले बंगलादेशमाथि ८ को विकेटको सहज जित हात पारेको छ ।

अबुधाबीमा भएको खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य इंग्ल्याण्डले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

इंग्ल्याण्डका लागि जोसन रोयले ६१ रनको पारी खेले । ३८ बलमा उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै जस बटलरले १८ बलमा १८ रन जोडे । उनले १ चौका र १ छक्का हाने । उनीबाहेक डेविड मलनले २८ र जोनी बेरिस्टोले ८ रनको नटआउट पारी खेले ।

बंगलादेशका सोरिफल इस्लाम र नसुम अहमदले १-१ विकेट हात पारे ।

त्यसअघि बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रनमात्रै बनाउँन सकेको थियो ।

बंगलादेशका मुसफिकुर रहिमले ३० बलमा ३ चौकाको मद्दतमा २९ रन बनाए । यस्तै मोमुदल्लाहले १९, नुरुल हसले १६, नसुम अहमदले १९ तथा मेहन्दी हसनले ११ रन थपे ।

इंग्ल्याण्डका टाइमल मिल्सले ४ ओभरमा २७ रन खर्चेर ३ तथा मोइन अली र लियम लिभिस्टोनले २-२ विकेट लिए ।

इंग्ल्याण्डको जारी विश्वकपमा यो लगातार दोस्रो जित हो । यसअघि इंग्ल्याण्डले पहिलो खेलमा वेष्टइन्डिजलाई पराजित गरेको थियो ।

जितसँगै इंग्ल्याण्ड २ खेलमा २ जित निकालेर ४ अंकका साथ शीर्षस्थानमा छ । पराजित बंगलादेश भने २ खेलमा दुवैमा हार ब्ययोहोर्दै पाँचौं स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest