विश्वकप छनोट खेल्ने महिला क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो । युएईमा आगामी नोभम्बरमा हुने प्रतियोगिताका लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली टोली घोषणा गरिएको हो ।

नेपाली टोलीमा रुविनासँगै डली भट्ट, सिता राना मगर, कविता जोशी, काजोल श्रेष्ठ, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर,ज्योति पाण्डे, सरस्वती चौधरी, सबनम राई, कविता कुँवर, अप्सरी बेगम र संगीता राई छन् ।

यस्तै वैकल्पिक खेलाडीमा सरस्वती जीएम,रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन् ।

छनोटमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest