नामिबियाको सानदार लय कायमै, स्कटल्याण्डमाथि जित

नामिबियाले जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सानदार लयलाई कायम राख्दै सुपर १२ को पहिलो खेलमा स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

पहिलो पटक सुपर १२ प्रवेश गरेको नामिबियाले स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जितमा जेजे स्मिथले अविजित ३२, क्रेग विलियम्सले २३, माइकल भानले १८ तथा डाविड विएसले १६ रन बनाए ।

स्कटल्याण्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनायो । स्कटल्याण्डका लागि माइकल लास्कले ४४, क्रिस ग्रेभ्सले २५, म्याथ्यु क्रसले १९ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पेलमानले ३ तथा जान फ्राईलिंकले २ विकेट लिए । जितसँगै समूह २ को नामिबियाले १ खेलमा २ अंक जोडेको छ । स्कटल्याण्डको यो लगातार दोस्रो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest