विश्वकपमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

आईसीसी टी-२० विश्वकपमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दैछन् । दुबईमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ ।

दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई र श्रीलंकाले बंगलादेशलाई समा ५-५ विकेटले हराएको थियो ।

सुपर १२ को समूह १ को अष्ट्रेलिया २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest