टी-२० विश्वकपकाबीच वेष्टइण्डिज टोलीमा सामेल भए यी खतरनाक खेलाडी

आइसीसी टी-२० विश्वकपकाबीच वेष्ट इन्डिजका टोलीमा म्याचको रुप परिवर्तन गरिदिने खेलाडी सामेल भएका छन् ।

आइसीसीको इभेन्ट टेक्निकल कमिटीले पूर्व कप्तान जोसन होल्डरलाई ओवेद मौकायको स्थानमा टोलीमा राख्ने अनुमति दिएको हो । मौकायलाई चोट लागेपछि उनका स्थानमा होल्डलाई वेष्ट इण्डिजले टोलीमा भित्र्याएको हो ।

जारी विश्वकपमा वेस्ट इण्डिजले सुपर १२ का सुरुवाती दुई खेलमा पराजय भोगिसकेको छ । पछिल्लो इंग्ल्याण्डविरुद्धको खेलमा मौकायको औलामा चोट लागेको थियो । सोहीकारण उनलाई टोलीबाटै बाहिर हुनपुग्यो ।

होल्डरलाई बैकल्पिक खेलाडीका रुपमा राखेका कारण उनले टोलीमा मौका पाएका हुन् । बिहीबारदेखि होल्डर टोलीसँग जोडिएका छन् । शुक्रबार उनले बंगलादेशविरुद्धको खेल खेल्नेछन् ।

बंगलादेश र वेष्ट इण्डिजलाई शुक्रबारको खेलमा गर या मरको अवस्था छ । हार्ने टोलीको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest