आफ्नै आलोचना सुनेर भारी भयो वार्नरको मन

अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले आफ्नो लयलाई लिएर गरिएको टिप्पणीप्रति दुखेसो पोखेका छन् । उनले पछिल्ला महिनाहरुमा आफूले धेरै कममात्रै प्रतिस्पर्धात्मक खेल खेलेको भन्दै विश्वकपमा आफ्नो लयलाई लिएर गरिएको आलोचनामा मन भारी बनाए ।

बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदा वार्नरको भूमिका अहम रह्यो । उनले ४२ बलमा ६५ रन बनाएका थिए ।

खेलपछि वार्नरले भने, ‘म लयमा छैन भनेर मान्छेहरुले हतारमा टिप्पणी गरेका छन् । मानिसहरु मेरो लयका बारेमा कुरा गरिरहेका छन् । मलाई अचच्च लागेको छ । यस मामिलामा म हास्छु् । मैले आइपीएलमा केवल दुई म्याच खेलेको थिए । मैले प्रतिस्पर्धात्मक खेल नै नखेलल्दै मेरो आलोचना भइरहेको छ ।’

श्रीलंकाविरुद्धको पारी आलोचकलाई चुप गराउँनु नभएर आफूले नयाँ सिराबाट सुरु गरेको बताए ।

‘यो खेलको दूनियाँ हो । जब तपाईले उचाईको यात्रा गर्नुहुन्छ, त्यहाँ चढ्न खुब मिहिनेत गर्नुपर्छ । आत्मविश्वासले भरपुर हुनुपर्छ,’ वार्नरले भने ।

खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको थियो ।

श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरसँगै यस्तै कप्तान आरोन फिन्चले २३ बलमा ५ चौका र दुई छक्कासहित ३७ रन तथा स्टिभिन स्मिथले २८ रन जोडे ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिनुभयो

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेरा र चारिथ असलंकाले समान ३५ बनाए । अष्ट्रेलियाका मिचेल मार्श,पाट कमिन्स र एडम जाम्पाले २÷२ विकेट लिए ।

यस जितसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको छ । समूह १ मा रहेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ । सुपर १२ मा श्रीलंकाको यो पहिलो हार हो । श्रीलंका २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest