रोमाञ्चक खेलमा वेष्टइण्डिजको जित, बंगलादेशको लगातार तेस्रो हार

आईसीसी टी-२० विश्वकपमा बंगलादेशले लगातार तेस्रो हार ब्यहोरेको छ । शुक्रबार भएको खेलमा वेष्टइण्डिजसँग ३ रनले पराजित हुँदै बंगलादेशले लगातार तेस्रो हार ब्यहोरेको हो ।

रोमान्चक बनेको खेलको अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि १३ रनको आवश्यक थियो । आन्द्रे रसेलको पहिलो बलमा अफिफ हुसेनले २ रन लिए । अर्को बलमा बाईमा एक रन जुट्यो । त्यसपछिका बाँकी तीन बलमा मोहमुदुल्लाहले २-२ रन बनाए । अन्तिम बलमा ४ रन आवश्यक थियो तर रसेलले योर्कर फालेपछि मोहमुदुल्लाहले कुनै रन बनाउँन सकेनन् ।

सोहीकारण वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रनमै रोकियो ।

बंगलादेशका लिटोन दासले सर्वाधिक ४४, महमुदउल्लाहले अविजित ३१, सौम्य सरकार र मोहमद नाइमले १७-१७ रन बनाए ।

वेस्ट इन्डिजका रबि रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले १-१ विकेट लिए ।

यसअघि वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । उसका निकोलस पुरनले ४०, रोस्टन चेसले ३९, जासन होल्डरले अविजित १५ रन बनाए ।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २-२ विकेट लिए ।

जितसँगै वेस्ट इन्डिजले ३ खेलमा २ अंक जोडेको छ। समूह १ को वेस्ट इन्डिज पाँचौ स्थानमा रहेको छ । अंक विहीन बंगलादेश पुछारमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest