इंग्लिस महिला क्रिकेट टोलीकी पूर्व विकेट किपर ब्याट्सम्यान सारा टेलर कुनैपनि फ्रेन्चाइजी क्रिकेट टोलीकी पहिलो महिला प्रशिक्षक बन्दै इतिहास रचेकी छिन् ।
१९ नोभेम्बरबाट सुरु हुने अबुधाबी टी-१० लिगको टोली अबुधाबीले सारालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । मुख्य प्रशिक्षक पाल फ्रारब्रेसका साथमा साराले टोली सम्हाल्नेछन् ।
साराले खुशी व्यक्त गर्दै गरेकी छन् । उनले लेखेकी छिन्, ‘फ्रेन्चाइजी क्रिकेटमा दूनियाँभरका खेलाडी तथा प्रशिक्षकसँग भेट्ने मौका जुर्छ । जुन सामान्य कुरा होइन् । कुनै महिला क्रिकेटरले मलाई प्रशिक्षकका रुपमा देख्दै प्रेरित हुन्छन् भने त्यो मेरा लागि खुशीको कुरा हुनेछ ।’
अबुधाबीका जनरल म्यानेजर शेन एंडरसनले साराको अनुभवले टोलीलाई फाइदा पुग्ने बताए ।
उनले भने, ‘साराले टोलीलाई आफ्नो अन्तर्राष्ट्रिय अनुभवबाट टोलीलाई धेरै ठूलो फाइदा पुर्याउनेछिन् । उनको नियुक्तिले आफ्नो टिमको व्यवहारमा पनि धेरै सुधार हुनेछ । त्यसले जितका लागि मजबुद आधार पनि सृजना गर्ने विश्वास छ ।’
साराले प्रशिक्षकको नियुक्ति आफ्नो लागि ठूलो सप्राइज भएको बताएकी छन् ।
उनी भन्छिन्, ‘यो मेरोलाई ठूलो सरप्राइज हो । म अबुधाबी जानका लागि दिन गिन्ति गरिरहेकी छु । टोली अफिसियल र खेलाडीहरु देखेर म अझै एक्साइटेड छु ।’
३२ सालकी साराले इंग्ल्याण्डका लागि १० टेस्ट, १२६ वान डे र ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् । उनी आइसीसी महिला विश्वकप जितेकी छिन् । २०१९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेकी थिइन् ।