टी-२० विश्वकपमा पाकिस्तानको सानदार खेल जारी, जीतको ह्याट्रिक

आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । यसअघि पाकिस्तानले भारत र न्यूजिल्याण्डलाई पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । जवाफमा पाकिस्तानले १९ ओभरमा १४८ रन बनाउँदै खेल जित्यो ।

लक्ष्य पिछा गर्दै पाकिस्तानी टोली एक समय मुस्किलबाट गुज्रिरहेको थियो । तर ‘प्लेयर आफ द म्याच’ आसिफ अली ने १९औं ओभरमा चार छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए ।

पहिलो विकेटका रुपमा पाकिस्तानले मोहम्मद रिजवानलाई ८ रनमै गुमाएको थियो । दोस्रो विकेटका रुपमा बाबर आजम र फखर जमानले ६३ रनको साझेदारी गरे । सोहीकारण पाकिस्तानले १० ओभरमा एक विकेट गुमाएर ७२ रन जोडि सकेको थियो ।

रासिद खानले गरेको ११औं ओभरको अन्तिम बलमा अफगानिस्तानले गरेको अपिलमा बाबर आजमलाई अम्पाएरले एलबीडब्लु आउट दिए । तर भिडियो रिभ्युमा बाबर नटआउट देखिए ।

तर अर्को ओभरमा जमानलाई मोहम्मद नाबीले एलबीडब्लुको सिकार बनाए । त्योसँगै उनीहरुको साझेदारी टुटेको थियो ।

रासिद खानले आफ्नो तेस्रो ओभरमा मोहम्मद हाफिजलाई १० रनमा खेलिरहँदा आउट गरे । योसँगै उनी टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट विकेट लिने खेलाडी बने ।

लगत्तै बाबरले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरे । जसमा चार चौका सामेल थिए । रासिदले आफ्नो स्पेलको अन्तिम बलमा बाबर आजमलाई बोल्ड गर्दै दोस्रो विकेट लिए । उनले २६ रन दिएर २ विकेट लिए ।

अन्तिम ३ ओभरमा पाकिस्तानलाई जितका लागि २६ रनको आवश्यकता थियो । सिनियर खेलाडी शोयब मलिकले १५ बलमा एक चौका र एक छक्कासहित १९ रनमा आउट भएपछि पाकिस्तान दबाबमा देखियो ।

अन्तिम २ ओभरमा पाकिस्तानलाई जितका लागि २४ रन आवश्यक थियो । आसिफ अलिले चार छक्का प्रहार गरेपछि पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

त्यसअघि अफगानिस्तानले पावरप्लेमा चार विकेट गुमाएपनि मोहम्मद नाबी र गुलबदीन नईबले सातौं विकेटका लागि ४५ बलमा ७१ रनको साझेदारी गरेपछि पाकिस्तानले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

अफगानिस्तानका कप्तान मोहमद नाबीले अविजित ३५ र गुल्बादिन नाइब ३५ रन बनाए । यस्तै नाजिबउल्लाह जाड्रनले २२, करिम जनतले १५, अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०/१० रन बनाए ।

पाकिस्तानका इमाद वासिमले दुई तथा शहिन साह अफ्रिदी, हरिस राउफ, हसन अली र शादब खानले १-१ विकेट लिए ।

यस जितसँगै समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest