विश्वकपमा आज हुनेछ रोचक भिडन्त, यी टोली हुनेछन् आमने सामने

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज चार ठूला टोलीबीचको खेल हुँदैछ ।

पहिलो खेलमा दक्षिण अफ्रीका र श्रीलंका आमने सामने हुनेछन् । सारजाहमा खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

दुबै टोली दोस्रो जितको खोजीमा छन् । दक्षिण अफ्रीका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । श्रीलंका २ अंकसहित चौंथो स्थानमा रहेको छ ।

राति हुने खेलमा सबैको नजर टिकेको छ । दुई उपाधि दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीच दुबईमा राति ७:४५ बजेबाट भिड्नेछन् ।

समूह १ मा रहेको इंग्ल्यान्ड र अष्ट्रेलिया तेस्रो जितको खोजीमा हुनेछन् ।

इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest