श्रीलंकामाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

आईसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकामाथि दक्षिण अफ्रीकाले एक बल बाँकी रहँदा ४ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

सारजहाँमा शनिबार राति भएको खेलमा श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रीकाको जितमा कप्तान टेम्बा बाभुमाले ४६ रन बनाए । ४६ बलमा उनले एक चौका एक छक्का प्रहार गरे ।

डेभिड मिलरले १३ बलमा २ छक्कासहित २३ रन बनाएपछि दक्षिण अफ्रिकाले जित हात पारेको हो । त्यसबाहेक कागिसो राबडा १३, एडिन मार्क्रम १९, रस्सी भान डेर १६, क्विन्टन डी कक १२ रिजा हेन्ड्रीक्स ११ रन बनाए ।

श्रीलंकाका वाविन्दु हसरंगाले ह्याट्रिक विकेट लिनुका साथै दुश्मन्था चामिराले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १० विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

श्रीलंकाका पाथुम निशन्काले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । ५८ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै चारिथ असन्काले २१, डसुन शनकाले ११ रन थपे । दक्षिण अफ्रीकाका ताब्रेज शाम्सी र ड्वाने प्रिटोरिओसले ३-३ विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका ४ अंकका साथ समूह एको तेस्रो स्थानमा पुगेको छ । दक्षिण अफ्रिकाको यो दोस्रो जित हो ।

३ खेल खेलको श्रीलंकाको यो दोस्रो हार हो । २ अंक रहेको श्रीलंका चौथो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest