अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनल नजिक

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले अष्ट्रेलियामाथि ८ विकेटको जित हात पार्यो ।

जितसँगै सानदार लयमा रहेको इंग्ल्याण्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । उसको रनरेट पनि +३.९५ को रहेकाले सेमिफाइनल पुग्ने लगभग तय भएको हो ।

हारसँगै अष्ट्रेलिया भने समूहको तेस्रो स्थानमा खस्किएको छ । उसको चार अंक छ भने समान अंक भएपनि रनरेटमा अघि रहँदै दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

सुरुमा इंग्ल्याण्डका बलरले सानदार प्रदर्शन गरे त्यसपछि विकेटकिपर ब्याट्समन जस बटलरले ३२ बलमा ५ चौका र पाँच छक्का प्रहार गर्दै ७१ रनको पारी खेल्दै इंग्ल्याण्डलाई फराकिलो जित दिलाए ।

त्यसबाहेक जासन रोयले २२, डाविड मालन ८ रन र जोनी बेयर्सटोले १६ रन प्रहार गरेको छ । अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एक एक विकेट लिए ।

त्यसअघि कप्तान आरोन फिन्चले ४४ रन बनाको पारी खेलेपछि अष्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

फिन्चबाहेक एस्टन अगरले २०, म्याथ्यु वेडले १८, मिचेल मार्श १३, पाट कुमिन्स १२ र ग्लेन म्याक्सवेलले ६ जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ तथा क्रिस वोक्स र ट्यामल मिल्सले २-२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest