भारत- न्यूजिल्याण्ड भिडन्त आज, न्यूजिल्याण्डविरुद्ध खराब छ भारतको रेकर्ड

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र न्यूजिल्यान्डबीच भिडन्त हुनेछ । खेल राति ७ : ४५ मा दुबईमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत दुबै टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

टी-२० विश्वकपमा न्यूजिल्याण्डविरुद्ध भारतको रेकर्ड राम्रो छैन । दुवै टोली २००७ र २०१६ को विश्वकपमा आमने सामने भएका थिए । दुवै विश्वकपमा भारतले हार ब्यहोरेको छ ।

न्यूजिल्याण्डसँग खेलेको आइसीसीको अन्तिम टुर्नामेन्टमा पनि भारतको हार भएको छ । २०१९ मा भएको टेस्ट च्याम्पियनसिप सेमिफाइनलमा पनि न्यूजिल्याण्डले भारतलाई स्तब्ध पारेको थियो ।

यस्तै अर्को खेलमा अफगानिस्तान र नामिविया भिड्नेछन् । अबुधावीमा उक्त खेल ३:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत अफगानिस्तानले दुई मध्ये एक खेल जितेको छ । यता नामिवियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको थियो

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest