टी २० विश्वकप : अफगानिस्तानको सहज जित

आईसीसी टी–२० विश्वकपमा नामिबियामाथि अफगानिस्तानले ६२ रनको सहज जित हात पारेको छ ।

अबुधावीमा आइतबार राति भएको खेलमा अफगानिस्तानले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबिया ९ विकेट गुमाएर केवल ९८ रनमै समेटियो ।

नामिबियाका डेभिड वाइजेको २६ बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन् । जोन निकोलले १४ तथा गिरहार्ड इर्मासले १२ रन थपे ।

अफगानिस्तानका हमिद हसन र नविन–उल–हकले समान ३–३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गमाएर १ सय ६० रन जोडेको थियो ।

उसका मोहमद सहजादले ४५, हजरातुल्लाह जजाईले ३३, कप्तान मोहमद नावीले ३२ र असगर अफगानले ३१ रन जोडेका थिए ।

यो अफगानिस्तानको तीन खेलमा दोस्रो जित हो । यसअघि अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेपनि पाकिस्तानसँग पराजित भएको थियो ।

नामिवियाले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest