आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित हात पारेको छ ।
भर्खरै सम्पन्न खेलमा भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
न्युजिल्याण्ड डार्य्ल मिचेलले ४९, कप्तान केन विलियम्सन र मार्टिन गुप्टिल ३३ रनको इनिङ्स खेल्दै जित दिलाए । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रनमात्रै बनाउँन सकेको थियो ।
भारतका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए । त्यसबाहेक हार्दिक पाड्या २३, केएल राहुल १८, रोहित शर्मा १४ रन, ऋषव पन्तले १२ र कप्तान विराट कोहली ९ रनमै आउट भए ।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ३ तथा इस सोधीले २ तथा टिम साउदी र आदम मिल्नेले १-१ विकेट लिए ।
भारतको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भारत पनि पाकिस्तानसँग पराजित भएको थियो । अंक विहीन रहदै भारत समूहको पाँचौं स्थानमा छ ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको न्यूजिल्याण्डको यो पहिलो जित हो । न्युजिल्याण्डले २ खेलमा २ अंक जोडेको छ । न्युजिल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।