नेपाली टोलीको प्रशिक्षक बन्न ६० जनाले दिए आवेदन, पुबुदु देखि देशाईसम्मको आवेदन

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत ६० जनाको आवेदन परेको जानकारी दिएको हो ।

गत भदौमा भएको ओमान सिरिजपछि तत्कालिन मुख्यप्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकका लागि कार्तिक १ गते आवेदन खुला गरेको थियो ।

नेपाल क्रिकेट संघका एक पदाधिकारीका अनुसार प्रशिक्षकको आवेदनका लागि पूर्व प्रशिक्षक पुबुदु दासानायकेदेखि भारतीय प्रशिक्षक मोन्टी देशाई लगायतले आवेदन भरेका छन् ।

क्यानले आवेदनबाट सर्ट लिष्ट तयार गरेर अन्तर्वार्ता लिने जनाएको छ ।

क्यानले जारी गरेको मापदण्ड अनुसार इसीबी, सिए लेभर थ्री गरेको हुनुपर्ने, कम्तीमा पाँच बर्ष फुल मेम्बर, पहिलो श्रेणी र आइसीसी एसोसियट टिम मध्ये एकमा प्रशिक्षण गरेको अनुभव हुनुपर्ने उल्लेख थियो ।

क्यानले नेपालको संरचना र क्रिकेटको जानकार भएको प्रशिक्षकलाई प्राथमिकता दिने जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest