नेपालको वरियता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो ।

यसअघि अक्टोबर २६ तारिखमा आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।

वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् ।

त्यसबाहेक न्यूजिल्याण्ड, साउद अफ्रिका, अष्ट्रेलिया, अफगानिस्तान, वेष्ट इण्डिज, बंगलादेश, श्रीलंका, जिम्बाबे र आयरल्याण्ड क्रमश: चौथो देखि १२ औं स्थानमा छन् ।

नेपालपछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड, पीएनजी र सिंगापुर छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest