जसले इंग्ल्याण्डलाई सेमिफाइनलमा पुर्‍याए

जस बटलरले शतक प्रहार गर्दै इंग्ल्याण्डलाई टी-२० विश्वकपको फाइनलमा पुर्याएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार साँझ श्रीलंकाविरुद्ध बटलरले शतक पूरा गर्दै इंग्ल्याण्डलाई २६ रनको जित दिलाए ।

त्यो जितसँगै इंग्ल्यान्ड जारी विश्वकपको सेमिफाइनलमा स्थान बनाउँने पहिलो टोली बन्यो ।

बटलरको शतकसँगै इंग्ल्यान्डले श्रीलंकालाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । जवाफमा श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रनमात्रै बनाउँन सक्यो ।

जोस बट्लरले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेलेका थिए । उनी जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत बने ।

उक्त शतकसँगै बटलर तीनवटै फर्म्याटको क्रिकेटमा शतक पुरा गर्ने इंग्ल्यान्डका पहिलो खेलाडी समेत बने ।

सन २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका बटलरले टेस्टमा दुई तथा एकदिवसीयमा नौ शतक प्रहार गरेका छन् ।

बटलरसँगै इयान मोर्गनले ४०, जासन रोयले ९, डाविड मालनले ६ रन जोड्दा जोनी बेयर्स्टो भने सुन्य रनमै आउट भएका थिए ।

श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।

त्यसअघि श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४, डसुन शनकाले २६ र भानुका राजपाक्षेले २६ रन जोडेका थिए ।

इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २/२ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest