बंगलादेशमाथि दक्षिण अफ्रिकाको सहज जित, अष्ट्रेलियालाई धक्का

आईसीसी विश्वकप टी–२० विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा बंगलादेशमाथि ६ विकेटको सहज जित हात पार्दै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना कायमै राखेको छ ।

बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बावुमाले ३१, क्विनटन डी ककले १६, तथा रक्सी वेन डेर डुसनले २२ रन बनाउँदै जित दिलाए ।

बंगलादेशका टास्किन अहमेदले २ तथा महेदी हसन र नसुम अहमदले एक एक विकेट लिए ।

त्यसअघि अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा सबै विकेट गुमाएर ८४ रन जोड्यो ।

बंगलादेशका लागि महेदी हसन २७ तथा लिटोन दासले २४ बाहेक अन्यले स्मरणिय प्रदर्शन गरेनन् ।

दक्षिण अफ्रिकाका कगिसो राबाडा र एनरिच नोर्जले समान ३–३ विकेट हात पारे ।

जितसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना कायमै राखेको छ । टोली ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।

उसले तेस्रो स्थानको अष्ट्रेलियासंग दुई अंकको अग्रता लिएको छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest