लगातार चौथो जितसँगै पाकिस्तान सेमिफाइनल

आईसीसी विश्वकप टी–२० क्रिकेटमा लगातार चौथो जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति नामिबियालाई ४५ रनले हराएसँगै इंग्ल्याण्डलाई पछ्याउँदै पाकिस्तान सेमिफाइनलमा पुग्यो ।

पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले ५ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

नामिबियाका डेभिड विसले नटआउट ४३, क्रेग विलियम्स, स्टेफन बार्डले २९ तथा जेरार्ड इरास्मसले १५ रनको पारी खेलेपनि जितका लागि पर्याप्त भएन ।

पाकिस्तानका हसन अली, इमाद वासिम, हरिस रर्फ र सादब खानले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ७९, कप्तान बाबर आजमले ७०, मोहम्मद हफीजले ३२ रन जोडे ।

नामिवियाका डेभिड वाइजी र जान फ्रायलिङकले १–१ विकेट लिए ।

जितसँगै समूह बीमा पाकिस्तानले ४ खेलबाट ८ अंक जोड्यो । नामिबियाले प्रतियोगितामा एक जित सहित २ अंक जोडेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest