अफगानिस्तानलाई हराएसँगै यस्तो छ भारतको विश्वकपमा रहिरहने सम्भावना

टी-२० विश्वकपमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेसँगै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।

यसअघि न्यूजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको भारतले बुधबार राति भारतले दिएको २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ७ विकेट गुमाएर १४४ रनमै समेटियो ।

समूहबाट दुई टोली सेमिफाइनलमा पुग्ने समिकरण छ । भारतकै समूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान बनाइसकेको छ । अब भारतले स्कटल्याण्ड र नामिबियाविरुद्ध खेल्नुपर्नेछ । यी दुबै टोलीलाई ठूलो रनरेटका साथ जितेमा भारतको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहनेछ ।

ओपनर रोहित शर्मा र केएल राहुलले अर्धशतकीय पारी खेलेपछि भारतले २० ओभरमा २ विकेट गुमाएर २१० रन बनाएको थियो । जारी विश्वकपमा कुनै पनि टोलीले २०० रन पार गरेको यो पहिलोपल्ट हो ।

रोहित र राहुलले पहिलो विकेटका लागि १४० रनको साझेदारी गरेका थिए । रोहितले ४७ बलमा ८ चौका र ३ छक्कासहित ७४ रन बनाए ।

राहुलले ४८ बलमा ६ चौका र २ छक्कासहित ६९ रन बनाए । हार्दिक पाड्याा ३५ र ऋषभ पन्तले नटआउट २७ रनको पारी खेले ।

२ सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन जोड्न सक्यो ।

अफगानिस्तानका लागि करिम जन्नतले ४२, कप्तान मोहम्मद नावीले ३५, र रहमानुल्लाह गुरबाजले १९ रन जोडे ।

भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest