गुप्टिलको सानदार पारीको बाबजुद स्कटल्याण्डसँग न्यूजिल्याण्डको संघर्ष

ओपनर मार्टिन गुप्टिलले ९३ रनको सानदार पारी खेलेपछि आईसीसी टी–२० विश्वकपमा न्यूजिल्यान्डले स्कटल्यान्डमाथि १६ रनको संघर्षपूर्ण जित हात पारेको छ ।

न्यूजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ५ विकेट गुमाएर १ सय ५६ रन मात्रै बनाउँन सक्यो ।

स्कटल्यान्डका लिस्कले ४२, म्याथ्यू क्रसले २६, जर्ज मुन्सीले २२ र रिच्ची बेरिङटनले २० रन जोडे । न्यूजिल्यान्डका ट्रेंट बोल्ट र इश सोधीले समान २–२ विकेट लिए ।

त्यसअघि गुप्टिलले ९३ रनको पारी खेलेछि न्यूजिल्यान्डले ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । गुप्टिलले ५६ बलमा ६ चौका र ७ छक्का प्रहार गरे ।

ग्लेन फिलिप्स ३३, डेरिल मिसेलले १३ रनमा आउट भए । स्कटल्यान्डका ब्राड व्हील र सफयान शरीफले समान २–२ विकेट लिए ।

तीन खेल खेलेको न्यूजिल्यान्डको यो दोस्रो जित हो । जितसंँगै न्यूजिल्यान्डले सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

स्कटल्यान्डको भने यो लगातार तेस्रो पराजय हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest