भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा राहुल द्रविड नियुक्त

भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक राहुल द्रविड भारतीय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनले वर्तमान प्रशिक्षक रवि शास्त्रीको स्थान लिनेछन् ।

शास्त्रीको कार्यकाल जारी विश्वकपको समाप्तिसँगै सकिने भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

बोर्डका अनुसार सुलक्षण नायक र आरपी सिंह रहेको क्रिकेट सल्लाहकार समितिले बुधबार द्रविडलाई सर्वसम्मतिले भारतीय टोलीको प्रशिक्षकमा चयन गरेको हो ।

द्रविडले न्यूजिल्याण्डविरुद्ध विश्वकपपछि हुने शृंखलाबाट भारतीय टोली सम्हाल्नेछन् । प्रशिक्षक नियुक्तिका लागि बोर्डले २६ अक्टोबरमा आवेदन माग गरेको थियो ।

द्रविडले आफूलाई प्रशिक्षकमा नियुक्त गर्ने कुरा ठूलो सम्मानको कुरा भएको बताएका छन् ।

द्रविडले भने, ‘भारतीय क्रिकेट टीमको नयाँ प्रशिक्षकका रुपमा नियुक्त हुनु ठूलो सम्मानको कुरो हो । म यस कामका लागि एकदमै उत्साहित छु । रवि शास्त्रीको नेतृत्वमा भारतीय टोलीले धेरै राम्रो प्रदर्शन गरे । आगामी दिनमा हामी अझै राम्रो गर्नेछौं भन्ने मलाई आशा छ ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest