बंगलादेशमाथि सानदार जितसँगै अष्ट्रेलियाको सम्भावना बलियो

बंगलादेशमाथि ८ सानदार जितसँगै अष्ट्रेलियाले आइसीसी टी-20 विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बंगलादेशले दिएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

जितसँगै अष्ट्रेलिया ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । उसको रनरेट पनि बलियो भएको छ ।

बंगलादेशका सामिम हुसेनले १९, मोहमुदल्लाले १६ र मोहम्मद नाइमले १७ रन जोडे । अष्ट्रेलियाका अदम जम्पाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।

त्यसबाहेक मिचेल स्ट्राक र जोस हजलवुडले समान २-२ विकेट लिए ।

अष्ट्रेलियाका आरोन फिन्चले ४०, डेभिड वार्नरले १८ र मिचेल मार्सले १६ रन जोड्दै टोलीलाई जित दिलाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest