श्रीलंकासँगै हारेसँगै वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने सम्भावना सकियो

आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबार राति भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिज २० रनले पराजित गरेको छ ।

श्रीलंकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै १ सय ६९ रनमात्रै बनाउँनसक्यो ।

पराजयसँगै चार खेलमा तीनमा हार ब्यहोरेको वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि सकिएक छ ।

श्रीलंकाका लागि भने यो सान्त्वना जित थियो । श्रीलंका यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ ।

वेस्ट इन्डिजले लक्ष्य पछ्याउने क्रममा सिमरोन हिटम्यानले ८१, निकोलास पुरन ४६ रन जोडे । श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन जोड्यो ।

श्रीलंकाका लागि चरिथ असालांकाले ६८, पाथुम निसांकाले ५१ र कुशल पेरेराले २९ रन जोडे ।

वेस्ट इन्डिजका आन्द्र रस्सलले २ तथा ड्वायन ब्राभोले एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest