रनरेटमा छलाङ लगाएसँगै भारतको सेमिफाइनल सम्भावना कायमै

स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटमा सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको छ ।

स्कटल्यान्डले दिएको ८६ रनको झिनो लक्ष्य भारतले ६ ओभर ३ बलमा दुई विकेट गुमाएर भेट्टाएक भारतले नेटरनरेटमा पनि छलाङ लगाएको छ ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको भारतको दोस्रोस्थानमा रहेको न्यूजिल्याण्ड र चौथो स्थानको अफगानिस्तानभन्दा बलियो रनरेट भएको छ ।

यससमूहबाट चार खेल जितेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

अब भारतलाई सेमिफाइनलको ढोका खुल्न अन्तिम खेलमा नामिवियालाई ठूलो अन्तर पराजित गर्नुपर्नेछ ।

यस्तै अफगानिस्तानले न्यूजिल्यान्डलाई जित निकाल्दै रनरेटमा भारत अघि रहे सेमिफाइनल पुग्नेछ ।

स्कटल्याण्डविरुद्ध भारतका केएल राहुलले १९ बलमा ६ चौका र ३ छक्कासहित ५० रन जोडे । यस्तै रोहित शर्माले ३०, विराट कोहलीले ३ र सुर्यकुमार यादवले ६ रन जोड्दै जित दिलाए ।

यस अघि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन सक्यो ।

स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४, कलुम म्याकलडले १६ तथा माइकल लास्कले २१ रन जोडे ।

भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन–तीन विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest