वेष्टइण्डिजमाथि सानदार जितसँगै अष्ट्रेलिया सेमिफाइनल नजिक

वेस्टइन्डिजमाथि ८ विकेटको सानदार जित हात पार्दै अष्ट्रेलिया टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ ।

शनिबार भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६.२ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

जितसँगै अष्ट्रेलियाले पाँच मध्ये चार खेलमा जित्दै ८ अंक जोडेको छ । समूहमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको इंग्ल्यान्डसँग बराबरी ८ अंक भएपनि अष्ट्रेलिया रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

अहिले जारी इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुने खेलले सेमिफाइनलमा प्रवेश गर्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

वेष्टइन्डिजविरुद्धको जितमा डेभिड वार्नरले ५६ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ८९ रन जोडे ।

यस्तै मिचेल मार्सले ५३ रन थपे । वेस्टइन्डिजका अकिल होसेन र क्रिस गेलले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

वेस्टइन्डिजका काइरोन पोलार्डले ४४, इभिन लेविसले २९, सिमरोन हिटमेयरले २७ रन जोडे ।

अष्ट्रेलियाका जोश ह्याजलउडले चार तथा मिचेल स्टार्क, प्याट कमिङस तथा एडम जाम्पाले समान एक–एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest