बंगलादेशमा नेपाली महिला क्रिकेट टोलीको जित

आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेटले बंगलादेशमा स्थानीय क्लबसँग जित हात पारेको छ ।

शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो ।

नेपालले दिएको ७३ सामान्य लक्ष्य पछ्याएको बीकेएसपीले ४८ रनमा समेटिएको थियो ।

उसका ओपनर फरजाना लिसाले २५ रन बनाउनु बाहेक बीकेएसपीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी संगिता राईले सर्वाधिक ४, सरस्वती भण्डारी, कविता कुवँर, सिता राना र रुबिना क्षेत्रीले समान १–१ विकेट लिए ।

त्यसअ३ि नेपालका लागि कबिता जोशीले २३, रुबिना क्षेत्रीले १६ र काजल श्रेष्ठले १२ रन जोडेकी थिइन् ।

बंगलादेशी टिमकी दिशाले ३ र सानुले १ विकेट हात पारिन् ।

विश्वकप छनोटको तयारीका लागि बिहीबार नै नेपाली टोली बंगलादेश पुगेको थियो । नेपालले बंगलादेशमा एक हप्ताको तयारी गर्नेछ ।

नोभेम्बर ४ तारिखदेखि ११ तारिखसम्म बंगलादेशमा रहदा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ ।

युएईमा हुने आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । यस्तै मंसिर ७ गते भुटानसँग, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग खेल्ने नेपालको तालिका छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालसहित ६ राष्ट्रले युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म हुँदैछ ।

सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

नेपाली महिला टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest