जितका बाबजुद बाहिरियो दक्षिण अफ्रिका, अष्ट्रेलिया सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा इङ्ल्याण्डलाई १० रनले पराजित गरेपनि नेट रनरेटका आधारमा पछि पर्दै दक्षिण अफ्रिका बाहिरिएको छ ।

समान ८ अंक भएपनि रनरेटमा अघि रहँदै अष्ट्रेलियाले सेमिफाइनल सम्भावना पक्का गर्यो । यस समूहबाट इङ्ल्याण्ड समूह विजेता र अष्ट्रेलिया समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

समूहमा इङ्ल्याण्ड, अष्ट्रेलिया र साउथ अफ्रिकाले समान ८ अंक जोडेका थिए । नेट रनरेटमा पछि परेपछि दक्षिण अफ्रिका बाहिरियो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ८ ओभर गुमाएर १ सय ७९ रन बनायो ।

इङ्ल्याण्डका मोइन अलीले ३७, डेविड मलानाले ३३, लियाम लिभिङ स्टोनले २८, जोस बटलरले २६ र जासन रोयले २० रन जोडे ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, तबरेज शम्सीले र ड्वेन प्रिटोरियसले समान २-२ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

अफ्रिका रस्सी भान डेर डुसनले नटआउट ९४ रन जोडे । उनले ६० बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।

त्यसबाहेक एडेन माक्र्रामले नटआउट ५२ तथा क्विनटन डी ककले ३४ रन बनाए ।

इङ्ल्याण्डका आदील रासिद र मोइन अलीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest