सेमिफाइनलमा पुग्ने ३ टोलीको टुंगो लाग्यो, भारतको भविष्य अफगानिस्तानको हातमा

टी-२० विश्वकप सेमिफाइनलमा पुग्ने ३ टोलीको तय भइसकेको छ । इंग्ल्याण्ड, अष्ट्रेलिया र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् ।

अब चौथो नाम न्यूजिल्याण्ड र अफगानिस्तानबीचको खेलले तय गर्नेछ । उक्त खेलमा जिते न्यूजिल्याण्ड सेमिफाइनलमा हुनेछ भने अफगानिस्तानले जिते भारत सेमिफाइनलमा सम्भावना कायम रहन्छ ।

अफगानिस्तानले जित हात पारे भारतले अन्तिम खेलमा नामबियालई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ । तर न्यूजिल्याण्डले अफगानिस्तानलाई हरायो भने भारत समूह चरणबाटै बाहिरिनेछ ।

पहिलो सेमिफाइनलमा १औ नोभेम्बर, दोस्रो सेमिफाइनलमा ११ नोभेम्बर र फाइनल १४ नोभेम्बरमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest