विश्वकपको समूह चरणबाटै बाहिरियो भारत

भारत आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

आइतबार भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेपछि भारत बाहिरिएको हो ।

भारतलाई सेमिफाइनलमा स्थान बनाइराख्न न्यूजिल्याण्ड पराजित हुनुपर्ने समिकरण थियो । तर नतिजा भारतको पक्षमा नभएपछि समूह चरणबाट भारत घर फर्कने निश्चित हुने भएको हो ।

अफगानिस्तानले दिएको १ सय २५ रनको लक्ष्य न्यूजिल्याण्डले १८.१ ओभरमा भेट्टाएसँगै भारत विश्वकपबाट बाहिरिएको हो ।

न्यूजिल्यान्डका लागि केन विलियम्सन ४०, डेभोन कोनवेले ३६, मार्टिन गुप्टिलले २८ रनको योगदान गरे ।

अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोडेका थिए ।

अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले ७३ जोडे । उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३ तथा टिम साउदी २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest