विश्वकप सेमिफाइनलमा पुग्ने ४ वटै टोलीको टुंगो लाग्यो

टी-२० विश्वकप सेमिफाइनलमा पुग्ने ४ वटै टोलीको टुंगो लागेको छ । इंग्ल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने टोली बनेका छन् ।

भारत, दक्षिण अफ्रिका,साविक विजेता वेष्टइण्डिज भने समूह चरणबाटै बाहिरिएका छन् ।

शनिबार अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्यो । त्योसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको हो ।

सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगे । सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगे ।

अहिले जारी पाकिस्तान र स्कटल्याण्डबीचको खेलमा समूह २ को विजेता र उपविजेता टुंग्याउनेछ । पाकिस्तान स्कटल्यान्डसँग पराजित भएमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ । पाकिस्तान विजयी भएमा समूह विजेता बन्नेछ ।

इंग्ल्यान्डले समूह २ को उपविजेता र अष्ट्रेलियाले समूह २ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनलमा १० नोभेम्बर, दोस्रो सेमिफाइनलमा ११ नोभेम्बर र फाइनल १४ नोभेम्बरमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest