अर्थहिन खेलमा नामिवियाको सामना गर्दै भारत

आईसीसी टी–२० विश्वकप क्रिकेट आज भारतले पाकिस्तानको सामना गर्दैछ । दुवै टोली विश्वकपबाट बाहिरिसकेकाले यस खेलको खासै अर्थ छैन् ।

भारतको लक्ष्य प्रतियोगिताको सुखद अन्त्य गर्ने हुनेछ भने नामिवियाले बलियो भारतलाई रोक्ने प्रयास गर्नेछ ।

भारत र नामिवियाबीचको खेल दुबईमा राती ७ः४५ मा सुरु हुनेछ ।

प्रतियोगितामा चार खेल खेलेको भारतले दुई खेलमा जित हात पार्दा दुई खेलमा पराजय भागेको छ ।

यता नामिवियाले चार मध्ये केवल एक खेलमा मात्र जित हात पार्न सकेको छ ।

जारी प्रतियोगिता अन्तर्गत समूह २ बाट पाकिस्तान र न्यूजिल्यान्ड तथा समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया ​सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest