बंगलादेशमा नेपाली महिला टोली पराजित

बंगलादेशमा बंगबन्धु फ्रेन्डसिप पिकेएसपी कप क्रिकेट खेलिरहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आयोजक पिकेएसपीसँग पाँच विकेटले पराजित भएको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८.३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमात्रै जोड्न सकेको थियो ।

नेपालका लागि ज्योती पाण्डे र अप्सरी बेगमले समान १३–१३ रन बाहेक अन्यले स्मरणिय प्रदर्शन गरेनन ।

बिकेएसपीका लागि मारुफले ४ तथा रवियाले दुई विकेट लिइन् ।

जवाफी ब्याटिङ गरेको बिकेएसपीले १२. ४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका सुमैयाले २१ जोडेकी थिइन् ।

नेपालकी कविता कुँवरले दुई तथा सबनम राई र सरस्वती चौधरीले एक–एक विकेट लिइन् ।

नेपाली टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको छ । एक हप्ते भ्रमणका क्रममा चार मैत्रीपूर्ण खेल खेल्नेछ ।

नोभेम्बर ४ तारिखदेखि ११ तारिखसम्म बंगलादेशमा रहदा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ ।

युएईमा हुने आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । यस्तै मंसिर ७ गते भुटानसँग, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग खेल्ने नेपालको तालिका छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालसहित ६ राष्ट्रले युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म हुँदैछ ।

सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

नेपाली महिला टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest