भीम सार्की र सागर ढकालको नाम जोडेर इपीएलले जारी गरेको एक हस्यास्पद विज्ञप्ति

आयोजक एभरेष्ट प्रिमियर लिग(इपीएल) प्रालिले चौथो संस्करणको सकिएको भन्दै मंगलबार जारी विज्ञप्तिमा क्रिकेटरद्वय भीम सार्की र सागर ढकालको नाम जोडेर हस्यांस्पद प्रंसग उल्लेख गरेको छ ।

गत महिना असोज २३ गते नै इपीएल सकिएको छ । चितवन टाइगर्सले पोखरा राइनोजलाई पराजित गर्दै पहिलोपल्ट उपाधि उचालेको थियो । प्रतियोगिता सकिएको एक महिनापछि मंगलबार आयोजकले जारी गरेको विज्ञप्तिलाई भने धेरैले ट्रोल बनाइरहेका छन् ।

विज्ञप्तिमा राष्ट्रिय क्रिकेटरद्वय भीम सार्की र सागर ढकाल आफ्नै लिगबाट उदाएको भन्दै लिन खोजेको क्रेडिटलाई लिएर धेरैले हस्यांस्पद भन्दै ट्रोल गरिरहेका हुन् । आयोजकको विज्ञप्तिमा भीम र सागर आफ्नै लिगबाट उदाएकोमात्रै भनेर क्रेडिटमात्रै लिन खोजेको छैन, प्रतियोगिता अगाडि धेरैले उनीहरुको नामै नसुनेको हस्यांस्पद कुरा पनि लेखेको छ ।

जब कि दुबै खेलाडीले राष्ट्रिय टोलीको क्याम्पमा स्थान बनाइसकेका छन् । क्रिकेट पछ्याउने जो सुँकैले पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको कम्तिमा नाम भने सुनेका हुन्छन् ।

भीमले २०१९ मा नेपाली टोलीले गरेको यूएई भ्रमणका बेला राष्ट्रिय टोलीमै स्थान बनाएका थिए । सानदार फिल्डिङ गर्ने भएकाले भीमलाई नेपाली क्रिकेटमा ‘नेपाली जोन्टी रोड्स’ को उपनामले पनि चिनिन्छ ।

Image

सागर ढकालले राष्ट्रिय टोलीमा डब्यू गर्न त पाएका छैनन् तर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाइसकेका छन् । अझ महत्वपूर्ण कुरा राष्ट्रिय यू-१९ टोलीका यी दुबै खेलाडी महत्वपूर्ण सदस्य समेत हुन् । घरेलु क्रिकेटमा दुवै खेलाडी सदावहार प्रदर्शन गर्नेमा पर्छन् ।

इपीएलको चौथो संस्करणअघि नै यतिका उपलब्धि हासिल गरिसकेका खेलाडीहरुलाई इपीएलको विज्ञप्तिमा भने धेरैले उनीहरुको नामै नसुनेको हस्यांस्पद कुरा उल्लेख गरिएको छ ।

सोही प्रसंगमा वरिष्ठ खेलपत्रकार विनोद पाण्डेले प्रश्न उठाउँदै लेखेका छन्, ‘भीम सार्की र सागर ढकालको नाम पहिला धेरैले सुनेका थिएनन् र?’

यस्तै अर्का खेलपत्रकार सुवास हुमागाई लेख्छन्, ‘भीम सार्की र सागर ढकाल दुवैले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाइसकेका खेलाडी हुन् । भीम २०१९ को यूएई टूरका लागि नेपाली टोलीमा समेत थिए ।  इपीएलले आफ्नो पीआर टोलीमा राम्रो क्रिकेटिङ ज्ञान भएको मानिस राख्नुपर्ने आवश्यकता देखियो ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest