विराटको स्थानमा रोहित शर्मा भारतीय टोलीको कप्तान

जारी टी-२० विश्वकप लगत्तै हुने भारत र न्यूजिल्याण्डविरुद्धको टी-२० शृंखलाका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोलीको घोषणा गरिएको छ ।

विराट कोहलीले विश्वकप लगत्तै कप्तान छाड्ने घोषणा गरेका कारण उनको स्थानमा रोहित शर्मालाई भारतको कप्तान बनाइएको हो ।

विराटको कप्तानीमा टी-२० विश्वकपमा भारत पाकिस्तान र न्यूजिल्याण्डसँग लज्जास्पद हार ब्यहोर्दै समूह चरणबाट बाहिरिएको थियो ।

टोलीमा उपकप्तानको जिम्मेवारी केएल राहुललाई दिइएको छ । रोहितको कप्तानीमा मुम्बई इन्डियन्सले ५ पटक आइपीएलको उपाधि जितेको छ ।

भारतीय टोलीबाट विराटसँगै हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, मोहम्मद शमी र रविन्द्र जडेजालाई आराम दिइएको छ ।

घोषणा गरिएको भारतीय टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), रुतुराज गायकवाड़, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकीपर), ईशान किशन (विकेटकीपर), वेंकटेश अय्यर, युजवेंद्र चहल, रविचन्द्रन अश्विन, अक्षर पटेल, अवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest