४ ओभरमा ४ वटै मेडन राख्दै यी भारतीय बलरले राखे विश्व कीर्तिमान

भारतीय घरेलु टी-२० क्रिकेट प्रतियोगिता सैय्यद मुश्ताक अली ट्रफीमा विदर्भ क्रिकेट टीमका बलर अक्षय कर्नवारले चार ओभरमा चार ओभर नै मेडन राख्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

मणिपूरविरुद्धको खेलमा अक्षयले चार ओभरमा कुनै रन नदिएर २ विकेट लिए । यसअघि यस्तो घातक बलिङ कसैले गर्न सकेका थिएनन ।

हालसम्म न घरेलु न अन्तर्राष्ट्रिय कुनैपनि टी-२० मा सबै ओभर कसैले मेडन राख्न सकेको छैन् ।

यो किर्तीमानसँगै अर्को वर्ष हुने आइपीएलको मेघा अक्सनका लागि अक्षयले बाटो समेत खुलेको छ । यसपल्ट आइपीएलमा थप दुई टोली समेत जोडिएका छन् ।

अक्षय २०१५ देखि नियमित घरेलु प्रतियोगिता खेलिरहेका छन् । उनी दुबै हातले बलिङ गर्नसक्छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest