टी-२० सँगै ओडीआईबाट पनि खोसिन सक्छ विराटको कप्तानी!

टी-२० विश्वकपबाट बाहिरिएसँगै न्यूजिल्याण्डविरुद्ध रोहित शर्माको कप्तानीमा भारतीय टोलीको घोषणा गरिएको छ ।

योसँगै विधिवत रुपमा विराट कोहलीले टी-२० बाट कप्तानीको अन्त्य भएको छ । विराटले नै जारी विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका थिए ।

योसँगै बीसीसीआईले विराटको ओडीआई कप्तानीको भविष्यबारे पनि चाँडै निर्णय लिने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार २०२३ मा हुने ५० ओभरको विश्वकपमा बीबीसीआईले दुवै फर्म्याटको क्रिकेटमा एउटै कप्तान चाहेको छ । यस्तोमा रोहितलाई नै वानडेको कप्तानी सुम्पिइने सम्भावना बढेको छ ।

बीसीसीआईका एक उच्च अधिकारीलाई मेन्सन गर्दै भारतीय सञ्चारमाध्यमलाई लेखेका छन्, ‘बीसीसीआइले विराटलाई वानडे कप्तानीमा निरन्तरता दिने सम्भावना एकदमै कम छ । तर उनी टेस्ट कप्तान भने बनिरहनेछन् ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest