इंग्ल्याण्डलाई हराउँदै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड टी-२० क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्याण्डले दिएको १६७ रनको लक्ष्य न्यूजिल्याण्डले ६ बल बाँकी रहँदै ५ विकेट गुमाएर भेट्टायो ।

न्यूजिल्याण्डका डर्ल मिचेलले ७२, डोभेन कोन्चेले ४६ र जेम्स नासिमले २७ रनको इनिङ्स खेले ।

त्यसअघि दुबईको अबुधाबीमा इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

इङ्ल्याण्डका लागि मोइन अलीले ५१ रन जोडे । ३७ बलको सामाना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे ।

न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा भोलि (बिहिबार) अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest