नेपाली टोलीको प्लेन छुट्नुमा कसको दोष?

बंगलादेशबाट नेपाल फर्कने क्रममा नेपाली महिला क्रिकेट टोलीको विमान छुटेको छ । विमान छुट्दा नेपाली टोली बसमा आउन बाध्य भए ।

टी-२० विश्वकपको एसिया छनोटको तयारीका लागि नेपाली टोली बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) सँग तीनवटा टी-२० अभ्यास खेल खेल्न गएको थियो ।

तर बिहीबार बिहानको फर्कने प्लेन भने छुटेपछि नेपाली टोली बसबाटै फर्कन बाध्य भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कोभिड प्रोटोकल पालना नगरेको कारण प्लेन छुटेको जनाएको छ ।

तर किन कोभिडको पालना भएन् भन्नेबारे भने क्यानले केही बताएको छैन । नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट हुन् । भट्ट क्यानकी एकमात्रै महिला सदस्य समेत हुन् ।

नेपाली टोलीलाई कोभिड प्रोटोकल पालनामा कसले रोक्यो भन्ने विषयमा क्यानले केही खुलाएको छैन । क्यान स्रोतका अनुसार भने नेपाली महिला क्रिकेट टोली कोरोना परिक्षण पिसिआर परिक्षण नगरेका कारण उडान छुटेको हो ।

हाल जहाँपनि प्लेनमा यात्रा गर्नुअघि कोरोना रिपोर्टलाई अनिवार्य गरिएको छ । यति थाहा हुँदा हुँदै पनि व्यवस्थापकले किन समयमै ध्यान दिएनन्? किन गम्भीर लापरवाही गरे? यो प्रश्न भने अझै अनुत्तरित छ ।

क्यानले यस घटनामा छानविन गरेर टिम व्यवस्थापनसँग स्पष्टिकरण सोध्ने जनाएको छ ।

बिकएसपी सँग तीन टि२० सिरिज २–१ ले जितेको नेपाली महिला टोली अब सडकमार्ग हुँदै शुक्रबारसम्म नेपाल आइपुग्ने जनाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest