पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

पाकिस्तानलाई ५ विकेटले हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल बाँकी रहँदै ५ विकेट गुमाएर भेट्टायो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले ४१ र मार्कस स्टोइनिसले अविजित ४० रनको इनिङ्स खेले । दुवैले ८१ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले जित हात पारेको हो ।

त्यसबाहेक अष्ट्रेलियाका डेभिड वार्नरले ४९, मिचेल मार्सले २८, स्टेभन स्मिथले ५, ग्लेन म्याक्सवेलले ७ रन बनाए । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।

त्यसअघि पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवालले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६७ रन बनाए । यस्तै फकर जमानले ३२ बलमा ३ चौका र ६ छक्कासहित ५५ रन जोडे ।

यस्तै कप्तान बाबर आजमले ३९ थपे । अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिएका थिए ।

अष्ट्रेलियाले अब फाइनलमा न्यूजिल्याण्डको सामना गर्नेछ । न्यूजिल्याण्ड यसअघि नै इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest