टी-२० विश्वकप क्रिकेट: न्युजिल्याण्डलाई ८ विकेटले हराउदै अस्ट्रेलियाले उचाल्यो उपाधि

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले हराउदै पहिलो पटक टी-ट्वान्टी फर्म्याटको विश्वकप उपाधि जित्यो ।

दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले शानदार अर्धशतकीय पारी खेले । ८५ रनको महत्तोपूर्ण पारी खेलेका उनले ४८ बल सामाना गर्दै १० चौका र ३ छक्का प्रहार गरे ।

विलियम्सनले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेलमा सर्बाधिक रन बनाउने सुचीमा वेस्ट इन्डिजका मार्लन साम्युल्स सँग बराबारी गरे ।

https://twitter.com/ICC/status/1459956654502555664

यस्तै ओपनर मार्टिन गप्तिलले २८, ग्लेन फिलिप्सले १८ र जेम्स नीसमले १३ रनको योग्दान दिए ।

बलिङ तर्फ अष्ट्रेलियाका जस हेजलवुडले सर्बाधिक ३ विकेट लिए । उनले चार ओवरमा १६ रन मात्र खर्चिएर महत्तोपूर्ण तीन विकेट लिन सफल भए । मिचेल स्टार्कका लागी भने यो दिन खराब बित्यो । उनको चार ओवर बाट न्युजिल्याण्डका ब्याटरहरुले ६० रन निकाले । एडम जाम्पाको नाममा १ विकेट रह्यो।

जवाफमा अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई सस्तैमा गुमायो । उनले ७ बलमा ५ रन बनाएर पभिलियन फर्के । अर्का ओपनर डेविड वार्नर ले ३४ बलमा आफ्नो अर्धसतक पुरा गरे जसमा ४ चौका र ३ छक्का सामिल थियो ।

वार्नर र मिचेल मार्शले दोस्रो विकेटका लागि ५९ बल मा ९२ रनको साझेधारी गरे ।

https://twitter.com/ICC/status/1459955779809669121

मार्शले शानदार अर्धशतकीय पारी खेल्दै अष्ट्रेलियालाई पहिलो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधी दिलाउन सफल भए । ७७ रनको उक्त पारीमा उनले ६ चौका र ४ छक्का प्रहार गरे । वार्नरको विकेट पछी मार्शले ग्लेन म्याक्सवेल सँग तेस्रो विकेटका लागि ६६ रनको अविजित साझेधारी बनाउदै १८.५ ओवर मा जित दिलाए ।

बलिङ तर्फ न्युजिल्याण्डका ट्रेंट बोल्टको नाममा २ विकेट रह्यो ।

५० ओवरको विश्वकप क्रिकेटमा पाँच चोटी च्याम्पियन रहेको अष्ट्रेलियाका लागि भने टी-ट्वान्टी विश्वकप जितेको यो पहिलो पटक हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest